नियम २९
उजुरीमा खुलाउनु पर्ने कुरा
: (१) कुनै वस्तु वा सेवा प्रदायकले ऐन वा यस नियमावली विपरीत कुनै काम कारबाही गरेको सम्बन्धमा ऐनको दफा ३६ को उपदफा (१) बमोजिम उजुरी दिँदा देहायका कुराहरू खुलाई अनुसूची-९ बमोजिमको ढाँचामा दिनु पर्नेछ:-
(क) ऐन वा यस नियमावली विपरीत काम कारबाही गर्ने व्यक्ति वा संस्थाको नाम र ठेगाना,
(ख) खण्ड (क) बमोजिमको व्यक्ति वा संस्थाले उत्पादन वा बिक्री गरेको वस्तु वा प्रदान गरेको सेवामा देखिएको त्रटि वा निजको काम कारबाहीबाट भएको हानी नोक्सानी वा क्षतिको बिवरण,
(ग) उजुरीकर्ताको नाम, ठेगाना र सम्पर्क नम्बर,
(घ) उजुरीको व्यहोरालाई पुष्टि गर्ने जानकारी बा सबुद प्रमाण ।
(२) उपनियम (१) बमोजिम उजुरी दिँदा विद्युतीय माध्यम (फ्याक्स, इमेल, टेलिफोन आदि) बाट पनि दिन सकिनेछ।
(३) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि उजुरीकर्ताले आफ्नो नाम गोप्य राख्न चाहेमा त्यसको कारण उजुरीमा खुलाउनु पर्नेछ।
(४) उपनियम (१) बमोजिमको ढाँचामा नभएको कारणबाट मात्र कनै उजूरी उपर कारबाही गर्न बाधा पर्ने छैन।